Monday, December 7, 2015

एक झलकमानै

एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमि
मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमि

गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज
नागीन भन्दानि बढी विष बोकी बसेको दात हौ तिमि

केहि त रहस्य छ जति गर्यो तेती नै बढ्छ तिम्रो कुरा
अनन्तकालसम्मनि गरेर नसकिने  बात हौ तिमि

ज जस्तो भएपनि  तिमीलाई सधै माया गरेकै त थिए
येसो बुझ्दापो थाहा पाए मायामा पाउने घात हौ तिमि


Tuesday, December 1, 2015

यो ब्लगमा मेरो पहिलो गजल

सम्झना रह्यो केबल साथ त छुटी गयो 
आशाको आशमा थिए निरासाले चुटि गयो 

सोना अर्पण गरे तर निक्लियो बिसख्त पो 
सपनामा लाको माया बिपनामा टुटी गयो 

रिक्सा चढेरै नेहाल भाको देख्छु  कोइ कोइ 
आफ्नो त नम्र कारले नै जीवन लुटी गयो 

मनको देवी मानी दिनरात जसको पूजा गरे 
आखिरीमा काल जागृत गराई ऊ झुटी गयो 

Monday, November 30, 2015

यो मेरो दोस्रो मुक्तक हो, आशा छ तपाईहरुले मनपराउनु हुनेछ

मौनतामा छ मन केहि बोल्न चाहदैन 
बधीएको माया फेरि खोल्न चाहदैन 
चोट मात्र कति सहनु खोइ जहिलेपनि 
वियोगको फेरि जोखिम मोल्न चाहदैन